काठमाडौं: नेपाल प्रहरीले डिआइजी दिनेशकुमार आचार्यलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको छ। लागू औषध नियन्त्रण ब्यूरोको प्रमुख रहेका आचार्य हालै डिआइजीमा बढुवा भई प्रहरी महानिरीक्षकको सचिवालयमा आएका थिए।
पुस १८ गते डिआइजीमा बढुवा भएका आचार्यलाई सचिवालयमा आएसँगै प्रवक्ताको जिम्मेवारी दिइएको हो। उनले अब प्रहरीका तर्फबाट सञ्चार माध्यममा जानकारी दिने जिम्मेवारी सम्हाल्नेछन्।
यसअघि एसएसपी विश्व अधिकारीले केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए। आचार्यको नेतृत्वमा नेपाल प्रहरीले सञ्चार र जनसम्पर्कलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
Facebook Comments Box