धनगढी: नेपाली कांग्रेसका महामन्त्री गगन थापा सुदूरपश्चिमको धार्मिक भ्रमणमा निस्किएका छन्। उनी धनगढी हुँदै बिहीबार डडेल्धुराको प्रसिद्ध शक्तिपीठ उग्रतारमा देखिएका छन्।
आज बिहानै पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला पुगेका थापाको भ्रमण विशुद्ध धार्मिक भएको नेपाली कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारीले बताए।
उनी उग्रतारासँगै बैतडीको त्रिपुराशुन्दरी र बाजुराको बडीमालिका पनि पुग्ने बताइएको छ। थापाको यो व्यक्तिगत धार्मिक भ्रमण रहेको र डडेल्धुरामा कुनै राजनीतिक भेटघाट नगरिएको बताइएको छ।
Facebook Comments Box