काठमाडौं: नेपाल प्रहरीको निरीक्षकबाट नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका ७५ जनाको पदस्थापन भएको छ।
प्रहरी महानिरीक्षकले सोमबार डीएसपी पदस्थापनको निर्णय गरेका हुन्। फागुन २ गते उनीहरुलाई बढुवा गर्ने निर्णय भएको थियो।
उनीहरूले आइतबार दर्ज्यानी चिह्न लगाएका थिए। पदस्थापनको निर्णय अनुसार पहिलो नम्बरका बढुवा भएका सुरेन्द्र प्रसाद जोशीलाई नेपाल प्रहरी शिक्षालय तालिम शाखा भरतपुर चितवन पठाइएको छ।
यसैगरी मिलन बस्नेतलाई प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा बनेपा, काभ्रेपलाञ्चोक पदस्थापन गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काज सरुवा गरिएको छ।
अन्य को कहाँ ?








Facebook Comments Box