काठमाडौं: नेपाल प्रहरी सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाले सर्वसम्मतले स्वीकृत गरेको छ।
सोमबार बसेको सभाको बैठकले विधेयकमाथि बिचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत गरेको हो। यो सँगै यो विधेयकमाथि सांसदहरूले संशोधन राख्ने बाटो खुला भएको छ।
विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुनु अगाडि सभामा विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल भएको थियो। छलफलमा सांसदहरूले विधेयकमा संघीयताको कार्यान्वयनको अवस्थाको खोजी गरेका थिए।
यो विधेयक गृहमन्त्री रमेश लेखकले गत माघ २७ गते प्रतिनिधि सभामा दर्ता भएको थिए।
Facebook Comments Box