काठमाडौं: नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरूलाई विभिन्न कार्यालयमा खटाएको हो।
नयाँ काज सरुवाअनुसार डीएसपी ज्ञानकुमार महतो दोलखामा, कृष्ण चन्द जनसेवा वृत्तमा, निरन्जन थापा महाराजगञ्ज वृत्तमा, इन्द्र राना इलाका प्रहरी कार्यालय (ईप्रका) बुटवलमा, हेम शाही रसुवामा, राजन लामा काकडभिट्टामा, विकास थापा ईप्रका गजुरीमा, रवीन्द्र खनाल चितवनमा, मिम बहादुर लामा मानव स्रोत व्यवस्थापन शाखामा, बिजयराज पण्डित नेपाल प्रहरी कार्यालय पोखरामा खटिएका छन्।
यस्तै केशव भट्टराईको प्रधानमन्त्री कार्यालयमा काज सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय झापामा खगेन्द्र खड्कालाई पठाइएको छ।
नेपाल प्रहरीको नियमित प्रशासनिक प्रक्रिया अनुरूप यो सरुवा गरिएको हो। सरुवाका कारण सम्बन्धित क्षेत्रका प्रहरी नेतृत्वमा परिवर्तन आउनेछ।