धनगढी: कैलालीमा नालामा लडेकाे अवस्थामा भेटिएका एक जनाकाे मृत्युु भएकाे छ।
बुधबार साँझ गाैरीगंगा नगरपालिका-२ काे माेन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय फुलराम चाैधरी लडेकाे अवस्थामा भेटिएका थिए।
मादक पदार्थ सेवन गरेकाे अवस्थामा लडेकाे भेटिएका चाैधरीलाई उपचारका लागि निसर्ग हस्पिटल ल्याइएको थियाे।
तर चाैधरीकाे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले बताए।
उनकाअनुसार चाैधरीकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
Facebook Comments Box