धनगढी: बझाङमा सेती नदीमा हाम फालेकी युवतीको शव भेटिएको छ। जिल्लाको थलारा गाउँपालिका-४ डिखला बस्ने २७ वर्षीया धर्मा साउँदले बिहीबार बिहान करिब ४ बजेको समयमा सेती नदीमा हाम फालेकी थिइन्।
उनले झोताबाट थलारा जाने झोलुङ्गे पुलबाट नदीमा हाम फालेकी हुन्। त्यसपछि खोजि कार्य गरिरहेकोमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। हाम फाल्नुको कारण भने नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box