काठमाडौं: नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। उनले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए। यद्यपि कारण भने त्यो थिएन।
प्रहरी अधिकारीहरूका अनुसार डीआईजी जनक भट्टराईलाई एआईजी बनाउने पूर्वसहमति अनुसार नै केसीलाई राजीनामा दिन लगाइएको हो। अब बस्ने बढुवा समितिको बैठकले भट्टराईलाई एआईजी पदमा बढुवा सिफारिस गर्ने तयारी भइरहेको छ।
यस घटनाले नेपाल प्रहरीभित्रको बढुवा प्रक्रियामा फेरि एक पटक राजनीतिक र आन्तरिक शक्ति सन्तुलनको बहस चुलिएको छ।
Facebook Comments Box