धनगढी: धनगढीस्थित केजी हस्पिटलमा उपचाररत एक महिलाको मृत्यु भएको छ। अछामको मंगलसेन नगरपालिका–१ घर भई धनगढीमा बस्दै आएकी ५६ वर्षीया बिना चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार चौधरी फोक्सो, पिसाब तथा सुगरसम्बन्धी समस्याबाट पीडित थिइन्। उनी श्रीमान् भोला चौधरीसँग धनगढी उपमहानगरपालिका–२ मा डेरा गरी बस्दै आएकी थिइन्।
चौधरीको निधनप्रति परिवारजन तथा स्थानीयले दुःख व्यक्त गरेका छन्। उनको मृत्युको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box