काठमाडौं: सशस्त्र प्रहरी बल (एपीएफ) मा रिक्त रहेको (डीआईजी) पदमा बढुवा सिफारिस गरिएको छ। तर, बढुवा प्रक्रियामा सिनियर अफिसरहरूलाई छुटाएर जुनियरलाई अघि सारिएको आरोप लागेपनि अब्बल उम्मेदवार सिफारिसमा परेका छन्।
बिहीबार बसेको बढुवा समितिको बैठकले कृष्ण ढकाल, दीपेन्द्र कुँवर, र विष्णु भट्ट लाई डीआईजी पदमा बढुवा गर्ने निर्णय गरेको हो।
कुँवर र भट्ट सशस्त्र प्रहरी सेवाको सिंस २ का अधिकृत हुन्। स्रोतका अनुसार आर्थिक अनियमिततामा कमजोर रहेकालाई भने बढुवा दिइएको छैन। अहिलेको बढुवालाई सबैले व्यवसायिक र स्वाभाविक मानेका छन्। यस अगाडि ६ महिनादेखि बढुवा प्रक्रिया रोकिएको थियो

Facebook Comments Box