बझाङ: बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा उद्घाटन गरिएको छ। सोमबार नेपाल राष्ट्र बैंकका गनर्भर महाप्रसाद अधिकारीले बैंकिङ पहुँचबाट टाढा रहेको साइपालमै पुगेर एभरेष्ट बैंकको शाखा उद्घाटन गरेका हुन्।
शाखा उद्घाटनका लागि गभर्नरसहित एभरेष्ट बैंकका अध्यक्ष बालगोपाल वैद्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि साइपाल पुगेका थिए। योसँगै अब देशभरका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ।
यसअघि ७५२ वटा पालिकामा मात्रै बैंकिङ पहुँच पुगेको थियो भने भौगोलिक कठिनाइका कारण उक्त गाउँपालिकामा कुनै पनि बैंकका शाखा पुग्नसकेका थिएनन्।
Facebook Comments Box