काठमाडौं – नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आज (शुक्रबार) बिहान २ बजे सिलिन्डर बम विस्फोट गराइएको छ ।
शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो ।
यसबारे प्रहरीले गोप्यरुपमा अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार एक जना व्यक्तिले सिलिन्डर आगो लगाएर विस्फोट गराएका हुन् ।
विस्फोट कसले गराएको भन्नेबारे केही खुलेको छैन । तर घटनास्थल आसपासमा केही पर्चाहरु भेटिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box