सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ मा मतदान स्थगित भएको छ।
डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि मतदान स्थगित भएको हो ।
स्थगित भएको निर्वाचन आगामी जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।
Facebook Comments Box