धनगढी: धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नदीमा डुबेका उनीहरुलाई मृत अवस्थामा निकालिएको थियो। उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएका छन्।
घाइते हुुनेमा फूलबारीकै १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय अदर्श पुजारा रहेका छन्। दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments Box