धनगढी: अस्ति शनिबार नेकपा एमाले कञ्चनपुरकी अध्यक्षसमेत रहेकी लक्ष्मी बूढाको घरमा प्रहरी इन्स्पेक्टर योगेश खत्रीले खानतलासी गरेका छन्। धनगढीस्थित वडा प्रहरी कार्यालयका प्रमुखसमेत रहेका खत्रीले शनिबार बेलुका बूढाको घरमा खानतलासी गरेका हुन्।
दिउँसोतिर उनका छोरा धनगढी उपमहानगरपालिका–१३ मोहनपुर २८ वर्षीय रबिन्द्र बूढालाई धनगढी चौराहनजिक रहेको पुलिस स्कुल क्षेत्रमा व्युरोको टोलीले लागूऔषधसहित प्रहरीले फेला पारेको थियो। मोटरसाइकलमा सवार उनीसँग २७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको थियो।
त्यसपछि उनको घरमा पनि लागूऔषध हुनसक्ने भन्दै लागूऔषध व्युरोको टोलीले खानतलासी गर्न खोजेको थियो। तर बूढाकी आमाले व्युरोलाई अवरोध गरेपछि इन्स्पेक्टर गएर खानतलासी लिएपनी लागूऔषध भने भेटिएन।
बूढाको धनगढी मोहनपुर चोक नजिकै घर छ। शनिबार बूढाको छोरासहित एकजना अर्का पनि पक्राउ परेका थिए। जसमा प्रहरीले दिएको जानकारी अनुसार बूढाका छोरासहित धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने २६ वर्षीय बिराट रावल पनि मोटरसाइकलमा सँगै रहेको अवस्थामा प्रहरी फन्दामा परेका हुन्।
स्रोतका अनुसार उनी पटके लागूऔषध प्रयोगकर्ता हुन् भने बूढा पनि यूजर नै हुन्।