धनगढी: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा हुने भएको छ। सुशासन र रोजगारी, समाजवादको तयारी भन्ने नारा सहित प्रदेश अधिवेशन चैत १७ र १८ गते धनगढीमा गर्ने बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए।
उनले अधिवेशनका लागि ९ वटै जिल्लामा प्रतिनिधि छनोट गरिसकेको बताए। उनका अनुसार अधिवेशन सम्पन्न गर्नका लागि मुल आयोजक कमिटि संगै विभिन्न समिति गठन गरिएका छन्। सुदूरपश्चिम प्रदेशमा १७ हजार ६ सय ७९ जना संगठित सदस्य रहेको एकीकृत समाजबादीको प्रथम प्रदेश अधिवेशनमा झण्डै ५ सय जना सहभागी रहने अध्यक्ष सिंहले जानकारी दिए।
पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीले प्रदेश अधिवेशनमा पार्टिका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुषाललगायत पदाधिकारीको सहभागिता रहने जानकारी दिए।