एजेन्सी: अमेरिकाले भारतको जासुसी संस्था ‘रअ’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरेको खुलेको छ।
अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूलाई नराम्रो व्यवहार भइरहेको आरोप लगाउँदै ‘रअ’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरेको खुलेको हो।
सिख पृथकतावादीहरू विरुद्धको हत्याको षड्यन्त्रमा गुप्तचर निकायको पनि संलग्नता रहेको आरोप अमेरिकी आयोगको छ। आयोगले भारतलाई ‘विशेष चासोको देश’ घोषणा गर्न पनि सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ।
अमेरिकाले भारतसँग घनिष्ठ सम्बन्ध बनाउने प्रयास गरेका कारण भारतमा मानवअधिकारका मुद्दाहरूलाई बेवास्ता गरिएको बताइएको छ।
तर, अमेरिकाले भारतको खुफिया एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग ‘रअ’ माथि प्रतिबन्ध लगाउने आशा कमै रहेको विज्ञहरू बताउँछन्।
Facebook Comments Box