काठमाडौं: नेपाल प्रहरीले स्टाफ कलेज अध्ययनका लागि खुलाएको मास्टर्स इन पोलिटिकर साइन्स (एमपीएस) परिक्षाको नतिजा सार्वजनिक गरेको छ।
परिक्षामा सहभागी भएकामध्ये १७ जना उत्तीर्ण भएकाे प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयको सिम्याटका लागि नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक (डिएसपी) सहभागी भएको उक्त परिक्षामा १७ जना उत्तीर्ण भएका हुन्। ४० जनाको कोटा रहेकोमा १७ जनामात्र उत्तीर्ण भएका हुन्।
स्टाफ कलेजको प्रवेश परीक्षा एक सय ३० जनाले दिएका थिए। मंगलबार नजिता सार्वजनिक गरिएको हो।
नेपाल प्रहरीमा पहिलोपटक स्टाफ कलेज सुरु हुन लागेको हो। २०७० सालमा भर्ना भएका इन्सपेक्टरको ब्याचबाट स्टाफ कलेज सुरु हुन लागेको हो ।
सो ब्याचका अधिकांश अधिकृत यसको विपक्षमा देखिएका छन्। अदालतमा समेत यसविरुद्ध रिट दायर भएकोमा अदाललते यो कोर्स सञ्चालनका लागि बाटो खोलेको थियो।
हाल संसदमा पुगेको प्रहरी ऐनमा स्टाफ कलेज नगर्ने अधिकृतलाई एसएसपीभन्दा माथि बढुवा नगर्ने उल्लेख छ।

