धनगढी: कञ्चनपुरको दोदा नदीमा पर्ने तटीय क्षेत्रमा तटबन्ध निर्माणको कार्य सुरु भएको छ । जनताको तटबन्ध फिल्ड नम्बर ७ कार्यालय महेन्द्रनगरले ८५० मिटर लम्बाइमा तटबन्ध निर्माणको कार्य अगाडि बढाएको हो।
कार्यालयले नदी किनारका विभिन्न खण्डमा तटबन्ध निर्माण कार्य भइरहेको जनाएको छ। जनताको तटबन्ध कार्यालय कञ्चनपुरका प्रमुख इन्जिनियर प्रसाद साहले पुनर्वास नगरपालिका दुई सिमरीगाउँ बाढी प्रभावित क्षेत्रमा बुधबारदेखि तटबन्ध निर्माणको कार्य सुरु भएको जानकारी दिए।
उनका अनुसार एक वर्षभित्र निर्माण कार्य पूरा गरिसक्ने लक्ष्यसहित अमृत कन्स्ट्रक्सनसँग पाँच करोड २४ लाख ९० हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ।
यस्तै लालझाँडी गाउँपालिका तीन बल्मीमा पनि तटबन्ध निर्माण कार्य अगाडि बढाइएको सो कार्यालयका प्रमुख साहले जानकारी दिए।
Facebook Comments Box