धनगढी: बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएको छन्।
शुक्रबार राति पौने ९ बजे दशरथचन्द नगरपालिका–११ नानीगाडस्थित देहीमाण्डौ– गिरेगडा भित्री सडक खण्डमा बीएसी ५६५९ नम्बरको बोलेरो जीप अनियन्त्रि भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर जीपमा सवार पञ्चेश्वर गाउँपालिका–५ बस्ने ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ। गम्भिर घाईते अवस्थामा जिल्ला अस्पताल पुगाइएका दयाललाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए।
जीप चालकसहितका अन्य ३ जना भने घाइते भएका छन्। घाइते हुनेमा चालक पञ्चेश्वर गाउँपालिका–६ बिजुल बस्ने ३५ वर्षीय राकेश कोली, रोडीदेवल बस्ने ५२ वर्षीय लालिराम कोली र दशरथचन्द नगरपालिका–१० बाराकोट बस्ने वर्षीय ३० कविता परियार छन्।
उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। जीप सडकबाट करीब ४० मिटर तल खसेको छ।