धनगढी: नेपाली काँग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाका पिताको निधन भएको छ। आज आइतबार बिहान ४ बजेको समयमा उनका पिताको ९६ वर्षको उमेरमा निधन भएको हो।
परिवारका अनुसार मृतकको आजै अन्तिम संस्कार गरिदैछ। थापाका पिता केही समयदेखि अस्वस्थ थिए भने उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।
नेता थापाका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न नेताहरू, सामाजिक अभियन्ता तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन्।
Facebook Comments Box