धनगढी: नेकपा एकीकृत समाजवादी पार्टीका डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेका स्वकिय सचिव हेमन्त रेग्मीले धनगढी एयरपोर्टको जग्गा काण्डमा संलग्नता नरहेको दाबी गरेका छन्।
उनले महेन्द्रनगरपोष्टलाई खण्डन पठाउँदै धनगढी विमानस्थलसँग जोडिएको जग्गाको सेटिङ प्रकरणमा आफ्नो भूमिका नरहेको बताएका हुन्।
यस्तै उनले यस्तो कार्यमा आफ्नो परिवारका सदस्यहरुको पनि कहीं कतै संलग्नता नभएको जनाएका छन् भने धनगढी विमानस्थल वरपर कहीं कतै आफ्नो तथा परिवारका कुनै पनि सदस्यको नाममा १ धुरसम्म पनि जग्गा नभएको जिकिर गरेका छन्।
यस अगाडि महेन्द्रनगरपोष्टले धनगढी एयरपोर्ट बनाउने भन्दै आले समूहको ‘अर्बको सेटिङ’, बैंकदेखि अख्तियारसम्म कनेक्सन शीर्षकमा समाचार प्रकाशन गरेको थियो। सो समाचारमा समेटिएको रेग्मीको भूमिकाको विषयलाई उनले खण्डन गरेका हुन्।
तथापि तत्कालीन मन्त्री आलेले धनगढी विमानस्थलका नाममा करोडौंको चलखेल तथा झोलझाल गरेको विषय प्राप्त भएको थियो।
र, यो पनि: धनगढी एयरपोर्ट बनाउने भन्दै आले समूहको ‘अर्बको सेटिङ’, बैंकदेखि अख्तियारसम्म कनेक्सन