धनगढी: डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना हुँदा मिनी ट्रकमा सवार बडीकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार सोही ट्रकमा सवार जनजागरण सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्लीमगर घाइते भएका छन्। घाइतेको मूलीचौर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठ बोकेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटना अनियन्त्रित भएर सडक किनारामा पल्टिँएको थियो। गुरुङको ट्रकमा रहेको काठले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
फरार रहेका ट्रक चालक गोपाल बडेलाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box