धनगढी: कैलालीमा झन्डै ६ ग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
धनगढी र गाेदावरीबाट पाँच ग्राम ९३० मिलिग्राम लागुऔषध खैराे हेराेईनसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट लम्कीचुहा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरीलाई चार ग्राम छ सय मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ।
यस्तै, गोदावरी नगरपालिका-४ बसन्तपुर बस्ने १८ वर्षीय योगेश जोशीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको साथबाट एक ग्राम ३३० मिलिग्राम खैरो हिरोईन बरामद गरिएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box