कञ्चनपुर: महेन्द्रनगरमा आइतबारदेखि टिभिएस मोटरसाइकलको ६ दिने महा एक्सचेञ्ज मेला सुरु भएको छ। टिभिएस मोटर्सका लागि नेपालमा आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको स्थानीय बिक्रेता माहामाया ट्रेड एण्ड सप्लायर्सको आयोजनामा मेला सुरु गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रोडस्थित टिभिएस शोरुमको प्राङ्गणमा सञ्चालन भइरहेको मेला जेठ ११ गतेदेखि १६ गतेसम्म चल्नेछ। कम्पनीका अनुसार यो सुदूरपश्चिमकै अहिलेसम्मकै सबैभन्दा ठूलो टिभिएस मेला हो।
मेलामा ग्राहकहरूका लागि विशेष योजना ल्याइएको छ। पुरानो मोटरसाइकल साटेर नयाँ टिभिएस मोटरसाइकल खरिद गर्दा एक लाख रुपैयाँसम्मको नगद छुट पाइनेछ भने न्यूनतम ३० हजार रुपैयाँको मूल्यांकन गरिनेछ। साथै, शोरुममै सहज फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ।
जगदम्बा मोटर्सका सेल्स हेड धनिराम भुसालका अनुसार टिभिएस सुदूरपश्चिममा अत्यधिक लोकप्रिय ब्रान्ड हो। नेपालभर बिक्रीका आधारमा पनि टिभिएस अग्रस्थानमा रहेको कम्पनीको दाबी छ।
मेला अवधिभर सामाजिक सञ्जालमा मेला लन्चको भिडियो शेयर गरी सबैभन्दा बढी लाइक तथा कमेन्ट प्राप्त गर्ने तीनजना भाग्यशाली सहभागीलाई अन्तिम दिन आकर्षक उपहार प्रदान गरिने सञ्चालक विनोद कुमार भट्टले जानकारी दिए।
कम्पनीका अनुसार नेपाल टिभिएसले लाइफटाइम वारेन्टी प्रदान गर्ने एकमात्र देश हो।