धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ।
शुक्रबार साँझ ४ बजे बस्ने प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको हो।
प्रदेश प्रमुख नजिर मियाँले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सभामा नीति तथा कार्यक्रम पेश हुनु पूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने प्रावधान छ।
नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्न मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका थिए। राति ११ बजेसम्म मन्त्रिपरिषद् बैठक चलेपनि नीति तथा कार्यक्रमको मस्यौदामा केही कुरा संशोधन गर्नुपर्ने भएकाले स्वीकृत भएको छैन।
मुख्यमन्त्री शाहले नीति तथा कार्यक्रमलाई अन्तिम रुप लिएर प्रदेश सभा बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएर स्वीकृत गर्ने तयारी गरेका छन्।