कैलाली– कैलाली स्थानीय तह निर्वाचन अन्तर्गत सुदूरपश्चिमका ८८ पालिकामध्ये ५५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । त्यसमध्ये अहिलेसम्म नेपाली कांग्रेसले २३ स्थानीय तहमा जितेको छ । यस्तै नेकपा एमालेले २० र नेकपा माओवादी केन्द्रका उम्मेदवार ११ पालिकामा जितेका छन्।
एउटा पालिकामा भने स्वतन्त्र उम्मेदवारले जित निकालेका छन् । एकीकृत समाजवादीले भने अहिलेसम्म खाता खोल्न सकेको छैन । प्रदेशका केही पालिकामा मतगणना सुरु हुन नसकेको छैन भने केहीमा गणना कार्य जारी रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेस विजयी भएका पालिकाहरूः
१- डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
२- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
३- बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
४- डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
५- अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद
६- डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की
७- डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का
८- अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल
९- अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद
१०- कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना
११- बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी
१२- बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
१३- बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
१४- डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय
१५- अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद
१६- डोटीको सायल गाउँपालिका– धर्मराज जोशी
१७- बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल
१८- डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी
१९- अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद
२०- बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
२१- बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर
२२- डोटीको दीपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का
२३- डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
नेकपा एमाले विजयी भएका पालिकाहरूः
१- बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा
२- बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया
३- दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
४- बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
५- दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
६- डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा
७- कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
८- बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया
९- कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
१०- दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी
११- दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल
१२- बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी ९लख्खाभाइ०
१३- बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
१४- बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर
१५- बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
१६- दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी
१७- अछामको तुर्माखाद– डम्मरबहादुर बिसी
१८- कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर
१९- बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का
२०- बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की
नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरूः
१- दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी
२- दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
३- दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे
४- डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
५- डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला
६- दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी
७- बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
८- बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा
९- डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट
१०- अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद
११- कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी
स्वतन्त्र विजयी भएका पालिकाहरूः
१- बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी