कैलाली– कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले फराकिलो मतान्तर बनाएको छ। मेयरमा गठबन्धनबाट कांग्रेसका बिरेन्द्र भट्टले १२ हजार ६५३ मतसहित अग्रता कायम गरेका छन् ।
यस्तै उनलाई पछ्याईरहेका एमालेका गोकर्ण भट्टले ८ हजार ४१६ मत ल्याएका छन् । दुवैबीचको अन्तर ४ हजार २३७ पुगेको छ ।
यस्तै उपमेयरमा पनि गठबन्धनबाटै एकीकृत समाजवादीकी रत्ना कडायतले अग्रता लिएकी छन् । कडातले ८ हजार १७ मत ल्याउँदा एमालेकी शारदा रोकायाले ७ हजार ९४२ मत ल्याएकी छन् ।
Facebook Comments Box