डोटी– डोटीको दीपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका बाजीसिँह खड्का (विजय) मेयर र कलावती महर (साउँद) उपमेयरमा निर्वाचित भएका हुन् ।
खड्काले ५ हजार १३८ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले ३ हजार ५१५ मत प्राप्त गरे । यस्तै उपमेयरमा कांग्रेसकी महरले ४ हजार ७६८ मत प्राप्त गरिन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी रूपा कठायतले ४ हजार १२९ मत प्राप्त गरिन् ।
दीपायल सिलगढीमा २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा कांग्रेसका घनश्याम पाठक मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २०५४ र २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेले जितेको थियो ।
Facebook Comments Box