कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकामा भइरहेको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले निरन्तर मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बिहानसम्म २३ हजार २२३ मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १० हजार ८२५ मत पाएका छन् ।
यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन् । हमाल र वडबीच ५ हजार ६५९ मतको अन्तर पुगेको छ ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ६८८ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ४ हजार २४६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ६४२ सय मत पाएका छन् ।
Facebook Comments Box