डडेल्धुरा– डडेल्धुरा डडेल्धुराको परशुराम नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय भरत बडायर जोशी निर्वाचित भएका छ्न् । जोशीले ५ हजार ९४१ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड)ले ५ हजार ८०५ मत प्राप्त गरे ।
सुरूवातदेखि कांग्रेस र माओवादीबिच कडा प्रतिस्पर्धा भएपनि अन्तिममा उम्मेदवार माललाई जोशीले पराजित गरेका हुन्। एमालेबाट उम्मेदवार रहेका केशव बोहराले २ हजार ६०६ मत मात्रै प्राप्त गरे । अध्यक्षमा निर्वाचित जोशी परशुराम नगरपालिकाको सभापतिसमेत हुन् ।
नगर उपप्रमुखमा भने माओवादी केन्द्रका बिमला महताले ५ हजार ८८५ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार कलावती बोहराले ४ हजार ५९३ मत प्राप्त गरिन् । एमालेका उम्मेदवार गोमती पन्तले ३ हजार २९६ मत प्राप्त गरिन् ।
जम्मा १२ वडा रहेको परशुराम नगरपालिकामा वडा नं १,४,५,७,९, १० र १२ गरि ७ वडामा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ भने वडा नं. २, ३, ६, ८ र ११ गरि ५ वडामा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । एमालेले भने भने कुनै पनि वडाका जित हासिल गर्न सकेको छैन ।