कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मा एमालेको गढ भत्काउँदै नेपाली काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा कैलाशबहादुर बलायर भारी मतका साथ प्यानलसहित निर्वाचित भएका छन् ।
बलायरले आफ्ना निकतम प्रतिद्वन्दी एमालेका गणेशबहादुर ऐरलाई ३७९ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । बलायकले १ हजार २२१ र एमालेका ऐरले ८४२ मत ल्याएका थिए ।
यस अघि ०७४मा एमालेकै उम्मेदवार छत्र महरासंग पराजित भएका काँग्रेसका बलायले यस पटक फराकिलो मतका साथ निर्वाचित भएका छन् ।
Facebook Comments Box