डोटी– डोटीमा सबै पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका ९ वटा पालिकामध्ये सातवटा पालिकामा कांग्रेस विजयी भएको छ । काँग्रेस बाँकी दुई पालिकामा पनि झिनो मतले पराजित भएको हो ।
जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दिपकबहादुर बिष्टले ३७ मतले मात्रै हार व्यहोरेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा कांग्रेसका दिलबहादुर बम १२४ मतले पछि परेका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो ।
बाँकी दुई पालिकामध्ये पनि एकमा एमाले र एक पालिकामा माओबादी विजयी भएको छ । जिल्लामा नेकपा (एकीकृत समाजबादी) जितबिहीन बनेको छ ।
जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जित हात पार्दै गर्दा नेकपा एमाले १९ वडामा सीमित रहेको छ । नेकपा माओवादी केन्द्रले ४ वडामा जितेको छ । सँगै मिलेर चुनाव लेडेको नेकपा एकीकृत समाजवादीले एउटा वडामा मात्रै जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा वडा जितेको छ । त्यसैगरी, दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
नेपाली कांग्रेसले जितेका पालिका
१– दिपायल सिलगढी नगरपालिका– प्रमुखः बाजिसिं खड्का ‘बिजय’ उपप्रमुखः कल्पना साउद
२– शिखर नगरपालिका– प्रमुखः दीर्घबहादुर बलायर उपप्रमुखः सुनिता रावल
३– पूर्बीचौकी गाउँपालिका– अध्यक्षः रामप्रसाद उपाध्याय उपाध्यक्षः पशुपतिदेवी खड्का
४– बडीकेदार गाउँपालिका– अध्यक्षः भैरबबहादुर साउद उपाध्यक्षः डम्मरी कुमारी बिष्ट
५– आदर्श गाउँपालिका– अध्यक्षः गणेशबहादुर खड्का उपाध्यक्षः लक्ष्मी रोकाय
६– सायल गाउँपालिका– अध्यक्षः धर्मराज जोशी उपाध्यक्षः निर्मला बोहरा ओली
७– केआईसिंह गाउँपालिका– अध्यक्षः लोकेन्द्रबहादुर शाही उपाध्यक्षः मिनादेवी बिष्ट
नेकपा एमालेले जितेको पालिका
१– जोरायल गाउँपालिका– अध्यक्षः दुर्गादत्त ओझा उपाध्यक्षः जमुना बोहरा
नेकपा माओवादी केन्द्रले जितेको पालिका
१–बोगटान फुड्सिल गाउँपालिका– अध्यक्षः कमल गड्सिला उपाध्यक्षः बिष्ना देउवा बम (नेपाली कांग्रेस)