दार्चुला – यहि जेठ १३ गते देखि १५ गतेसम्म दार्चुला जिल्लाको सदरमुकाम खलंगामा हुने बृहत् अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको तयारी तीब्र पारिएको छ ।
ताराकिसन फाउन्डेसन न्युयोर्क अमेरिकाको आयोजना, हिमाल डेन्टल हस्पिटलको सहकार्य तथा दार्चुला साहित्य समाजको समन्वयमा खलंगा स्थित खुलामञ्चमा कार्यक्रम सन्चालन गरिन लागेको हो ।
दार्चुला जिल्लाको कला, संस्कृति र साहित्यको पहिचान तथा उत्थानका निमित्त यो सम्मेलन त्रीदेशिय सिमाना रहेको दार्चुला खलंगामा गरिन लागेको साहित्य समाज दार्चुलाका अध्यक्ष नरेन्द्र सिह बडालले जानकारी दिए । उक्त कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका मौलिक झांकीहरुको प्रदर्शनी, जिल्ला स्तरिय माध्यमिक तह (९–१२) कविता प्रतियोगिता अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकार हरुको प्रस्तुती रहने समेत उहाँले जानकारी दिए । उक्त कार्यक्रमलाई थप सभ्य र भब्य बनाउन कार्यक्रम सन्चालन तथा समन्वय समितिको बैठक यहि ९ गते आज बस्न लागेको अध्यक्ष बडालले जानकारी दिनु भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तीहरु सहभागी हुने कार्यक्रम दार्चुलामा हुनु नवप्रवेशी साहित्यकार एवम् दार्चुलावासीका लागि सुनौलो अवसर भएको पत्रकार एवम् साहित्यकार लोकेन्द्र बमले बताएका छन् ।