बैतडी– बैतडीको डिलासैनी गाउँपालिकाले आफ्नो सेवा वडा नं ७ धामीगाउँबाटै प्रवाह गर्ने भएको छ । नवनिर्वाचित पालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले धामीगाउँमै पदभार ग्रहण गर्दै धामीगाउँबाटै सेवा सुरु भएको घोषणा गरेका छन् ।
राज्य पुर्नसंरचना आयोगले पनि धामी गाउँमै पालिकाको केन्द्र रहेको भन्दै २०७४ सालमै राजपत्रमा प्रविष्ट गरेको हो । तर तत्कालिन कार्यपालिकाले वडा नं. ३ पंसेरमा रहेको विद्यालयमा सम्पर्क कार्यालय स्थापना गरी सेवा प्रबाह गर्दै आएको थियो ।
तत्कालिन कार्यपालिकाले पंसेराको सम्पर्क कार्यालयलाई नै पालिकाको केन्द्रको रुपमा स्थापना गर्न खोजेपछि बिरोध हुदै आएको थियो । संघीय सरकारबाट धामीगाउँबाटै सेवा सुचारु गर्न पटक पटक परिपत्र गर्दा पनि तत्कालिन पालिका सरकारले अटेरी गर्दै आएको थियो ।
Facebook Comments Box