कैलाली– कैलालीको घोडाघोडी नगरपालिमा बस दुर्घटना भएको छ ।घोडाघोडी नगरपालिका–१० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेपछि दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका लम्कीचुहा नगरपालिका–२ का २० वर्षीय पारस खत्रीको मृत्यु भएको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त बस धनगढीबाट टीकापुर गइरहेको थियो। गुडिरहेकै बेला स्टेरिङ फेल भएपछि अचानक बस नालीमा पसेको थियो । बस नालीमा फसेपछि बसमा सवार ४ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box