कैलाली– कैलालीको धनगढीमा वृद्ध भत्ता बुझ्न लाइनमा बसेका एक जनाको मृत्यु भएको छ । सामाजिक सुरक्षा भत्ता बुझ्न धनगढी–१८ को वडा कार्यालयमा लाइन बसेका ७४ वर्षीय गुलिराम चौधरीको मृत्यु भएको हो ।
वडा कार्यालयमा पालो कुरिरहेका चौधरी एकाएक ढलेर बेहोस भएका थिए । उनी ढलेपछि उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । परिवारका अनुसार उनी दम र सुगर रोगबाट पीडित थिए ।
Facebook Comments Box