कैलाली– कैलालीको धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले मंगबार राति धनगढी–२ ट्राफिक चोकबाट करिब ४ सय मिलीग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा डडेल्धुरा आलिताल गाउँपालिका–३ बस्ने २७ वर्षीय भरत महरा, धनगढी उपमहानगरपालिका–१२ बस्ने २३ वर्षीय पुरन विक र डोटी गैरा घर बताउने २३ वर्षीय मोहन ओली रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box