कैलाली– कैलालीस्थित गेटा मेडिकल कलेज सञ्चालनका लागि संयुक्त नागरिक आन्दोलन गरिने भएको छ । सरकारले मंलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल सञ्चालनको विषय नसमेटिएपछि यहाँका संयुक्त नागरिक आन्दोलित बनेका हुन् ।
मेडिकलन सञ्चालन गर्नुपर्ने माग गर्दै स्वस्फुर्त रुपमा नागरिक आन्दोलनमा जुटिरहेका बेला बुधबार धनगढीमा आन्दोलन अगाडि बढाउन नागरिक समूहले छलफल गरेका छन् ।
एक मात्र साझा एजेन्डा ‘गेटा मेडिकल कलेज तत्काल संचालन गर्न’ सयुक्त नागरिक आन्दोलन गर्ने निर्णय गरिएको रबिन पन्तले बताए । उनल अन्य नागरिक समाज, पेशागत संघ सङ्ग्ठन सङ्ग समन्वय गरेर संयुक्त नागरिक अन्दोलन गर्ने निर्णय गरिएको बताए ।
अर्बौको लगानीमा गेटामा पूर्वाधार निर्माणको ९० प्रतिशत काम पूरा भइसकेको भएपनि मेडिकल कलेज सञ्चालन गर्ने विषयमा अझै अन्यौलता छ । यसैबीच सरकारले नीति तथा कार्यक्रममा डडेल्धुरामा मेडिकल कलेज सञ्चाल गर्ने योजना समेटिएको छ ।