काठमाडौं– कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा (इपीएस टोपिक युबीटी–२०२२) यही जेठ १९ गतेदेखि सुरु हुँदैछ । परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको छ ।
वैदेशिक रोजगार विभागअन्तर्गतको ईपिएस कोरिया शाखाले परीक्षा केन्द्र ललितपुरको भैंसेपाटीस्थित सीबीटी भवनलाई कायम गरिएको जनाएको हो ।
परीक्षा पहिलो, दोस्रो र तेस्रो सिफ्टमा हुनेछ । जसमा पहिलो बिहान ८ बजेदेखि बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण हुनेछ भने बिहान १० बजेदेखि परीक्षा शुरू हुनेछ । दोस्रो सिफ्टको परीक्षा साढे ११ बजेदेखि र तेस्रो सिफ्टको दिउँसो २ बजेदेखि परीक्षा सञ्चालन हुनेछ ।
Facebook Comments Box