बाजुरा– निर्वाचन आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा निकायका प्रमुखहरुलाई तीन दिन भित्र हटाउन निर्देशन दिएको छ । बाजुराको बुढीगङ्गा नगरपालिकामा आयोगले फेरि मतदान गर्ने निर्णय गरेसंगै बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) चतुर्भुज ओझा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टलाई तीन दिनभित्र हटाउन सरकारलाई निर्देशन दिएको हो ।
उनीहरूलाई निर्वाचन कसुरअनुसार विभागीय कारबाही गरी आयोगले अन्य कर्मचारी पठाएर चुनाव गराउन सरकारलाई निर्देशन दिएको बताएको छ । यही वैशाख ३० गते भएको पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो ।
आयोगले विहीबार विज्ञप्ति निकालेर आयोगले वैशाख ३० गते भएको चुनाव रद्द गर्दै फेरि मतदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।