बाजुरा– बाजुरामा पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाइएको छ । सोमबार अखिल नेपाल महिला संघ बाजुराले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै जिल्ला प्रसाशन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएको हो।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्य वृद्धि भएर उपभोक्तामा पर्ने भन्दै मूल्य घटाउन माग गरिएको अखिल नेपाल महिला संघले जनाएको छ। वैशाख ३० गतेको स्थानीय तह निर्वाचन सम्पन्न भएलगत्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकोमा अखिल नेपाल महिला संघ बाजुराले घोर निन्दा र आपत्ती जनाएको ज्ञापन पत्रमा उल्लेख छ।
Facebook Comments Box