बाजुरा- बाजुरा राष्ट्रपति विद्यादेवी भण्डारी बाजुरा पुगेकी छन्। सुुदूरपश्चिम प्रदेशको प्रशिद्ध धार्मिक पर्यटकीयस्थल बाजुराको बडिमालिका शक्तिपीठ दर्शनका लागि उनी बुधबार बिहान बाजुरा पुगकी हुन् ।
उनी नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट बाजुरा पुगेकी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। अनौपचारिक भ्रमणको सिलसिलामा मंगलबार काठमाडौंबाट सुर्खेत पुगेकी राष्ट्रपति भण्डारीले पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी थिइन्।
भण्डारी मंगलबार सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेकी थिइन्। भ्रमण सकेर उनी बुधबार काठमाडौं फर्किने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
Facebook Comments Box