कैलाली– कैलालीको धनगढी उपमहानगर क्षेत्रभित्र विद्युत् प्राधिकरणले अघोषित लोटसेडिङ गर्ने गरेको भन्दै नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेको छ ।
धनगढीमा विद्युत् कार्यालयले देखाइरहेको लापरबाही ग्राहक सेवाको नम्बर होल्डमा राख्नेलगातका समस्याको समाधानको माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले धनगढी चौराहादेखि विद्युत कार्यालय धनगढी वितरण केन्द्र अगाडि, ‘दलाल प्राधिकरण मुर्दावाद, अन्धकारमा राख्न पाइँदैन, अघोषित लोटसेडिङ गर्न पाइँदैन, व्यापारीसँग साँटघाट गर्न पाइँदैनलगायतका नारा लगाएका थए । युवाहरुले अघोषित लोटसेडङ दोहोरिए कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
Facebook Comments Box