कैलाली– अखिल नेपाल किसान महासंघ कैलालीले तत्काल मल उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।
बिहीवार मलखाद लगायतका समस्या समाधान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।
कृषकलाई तत्काल सहुलियत दरमा बिऊविजन तथा मलखादको व्यवस्था गरिनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने, सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउनुपर्ने, कैलालीमा मलखाद उत्पादन तथा फर्टिलाइजर कारखाना स्थापना गर्नुपर्ने लगायतका माग महासंघले राखेको छ।
Facebook Comments Box