कैलाली– नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जितबहादूर मल्ल चयन भएका छन्। मंगलवार भएको प्रदेशको प्रथम अधिवेशनबाट मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
जिफन्टको प्रदेश सचिवमा चन्द्र प्रकाश गैरे, उप सचिवमा सोभा रावल निर्बिरोध चयन भएका छन्। यस्तै सदस्यमा कृष्णप्रसाद ढुंगेल, चन्द्रा खड्का, कर्णबहादुर हमाल, दानबहादुर बिष्ट, अर्जुन न्यौपाने, भोजबहादुर ऐर, चित्रा ओझा, गीता सिहं, विष्णुमाया अर्याल, कमला देवकोटा, दानबहादुर चन्द, कृतिबहादुर शाही, माधवी शाही र हिरादेवी बिष्ट चयन भएका छन्।
Facebook Comments Box