बैतडी– बैतडीमा चितुवाले बाख्रा खान थालेपछि किसानहरु चिन्तित भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं. ८ को मल्लोढोलेमा फेरी चितुवाले तीनवटा बाख्रा खाइदिएको स्थानीयले बताएका छन् ।
स्थानीय प्रजापती मडैका अनुसार बुधबार स्थानीय लालसिंह बोहरा, प्रेम बोहरा र नरसिंह बोहराका घर नजिकै चराउन खोलेका बाख्रा चितुवाले खाएको हो । गत बिहीबार राति पनि वडा नं. ८ मै चितुवाले गोठबाटै एकजनाको खसी लगेको थियो ।
दुई महिनाको अवधीमा दुई दर्जन खसी बाख्रा चितुवाले खाइसकेको स्थानीयको भनाई छ । यसरी घरनजिकै आएर चितुवाले बाख्रा खान थालेपछि स्थानीय त्रसित बनेका छन् । अर्कोतर्फ मिहेनत गरेर पालेका खसी बाख्रा पनि चितुवाले खान थालेपछि किसानहरु चिन्तित छन् ।
Facebook Comments Box