कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरभित्रका गर्भवती महिलालाई निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले गर्भवती महिलाहरुको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता महेन्द्र खड्काले बताए । घरमा नै प्रसुती गराउने कार्यलाई शूल्यमा पु(याउन प्रसुतीका बखत नगरभित्रका प्रसुती सेवा केन्द्र वा महाकाली प्रादेशिक अस्पतालसम्म पु¥याउन निःशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने उनले बताए ।
बुधबार भीमदत्त नगरपालिकाले पत्रकार सम्मेलन गर्दै नगर कार्यपालिकाका निर्णय सार्वजनिक गरेको हो । नगरभित्रका ७५ वर्षमाथिका जेष्ठ नागरिकहरुको घरदैलामा गएर मासिक रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । भीमदत्त नगरपालिकालाई दुव्र्यसनी मुक्त नगर बनाउन सम्बद्ध क्षेत्रमा कार्यरत संघ संस्थाहरुको समन्वयमा अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने र अति विपन्न विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच बढाउन कार्यविधी बनाइ कार्यान्वयन गर्ने नगरपालिकाले जनाएको छ ।
यस्तै, नगरभित्रको फोहरमैला व्यवस्थापन गर्न एकीकृत फोहरमैला बिसर्जन केन्द्र निर्माणका लागि विस्तृत अध्ययन गरी कार्यान्वयन गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।