बैतडी– बैतडीको सुर्नया गउँपालिका वडा नं. ३ ले सामाजिक सुरक्षा भत्ता टोलटोलमा गएर वितरण गर्ने भएको छ । वडा कार्यालयमा बसेको जनप्रतिनिधिहरुको पहिलो बैठकले समाजिक सुरक्षा भत्ता टोलटोलमै गएर वितरण गर्ने निर्णय गरेको हो ।
जेष्ठ नागरिक, अपाङ्ग, असाहय, एकल महिलाले पाउँदै आएको समाजिक सुरक्षा भत्ता अब टोलटोलमै गएर वितरण गरिने वडा अध्यक्ष शम्भु प्रशाद भट्टले जानकारी दिए । नागरिकहको टाढा गएर भत्ता बुझ्नु पर्ने बाध्यतालाइ मध्यनजर गरेर आफुहरुले टोलमै गएर भत्ता वितरण गर्ने निर्णय गरेका वडा अध्यक्ष भट्टले बताए ।
वृद्ध वृद्धाहरु, असक्त अपाँगता भएका नागरिकहरुलाइ सतबाँझ गएर भत्ता बुझ्न निकै समस्या हुने भएकाले उनीहरुको सजिलोका लागि यस्तो निर्णय गरिएको उनले बताए ।
सुर्नया गाउँपालिका वडा नं ३ का जेष्ठ नागरिक, अपाङ्ग, असाहय, एकल महिलाहरु सत्तबाँझ बजारमा रहेको नेपाल इन्भेस्टमेन्ट बैँकमा आएर समाजिक सुरक्षा भत्ता बुझ्दै आएका थिए । अब भने वडाले टोलमै गएर भत्ता दिने भएपछि लक्षित समूहले पनि खुशी व्यक्त गरेका छन् ।