कञ्चनपुर– भारतबाट कञ्चनपुरको दोधाराचाँदनीबाट निर्वाध रुपमा तस्करी भएर आइरहेको मल सशस्त्र प्रहरीले बरामद गरेको छ । बुधबार सशस्त्र प्रहरीले महेन्द्रनगर बजारबाट तस्करीको अवैध मल बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार दोधाराचाँदनीबाट महेन्द्रनगर तिर आएको व्यवसायीको मल बरामद गरिएको छ । सुपप्र ०१००१ ख ३००६ नम्बरको १० चक्के ट्रकमा तस्करी हुन लागेको ७० बोरा अवैध मल सशस्त्र प्रहरीले बरामद गरेर भन्सार चलान गरेका छ ।
चालक दिपेन्द्रसिंह महरा र सह चालक भुपेन्द्र महरा पक्राउ परेका छन् । मलका तस्कर भन्दा पनि उक्त तस्करी गराउन प्रयोग भएका मजदुर फन्दामा परेका छन् । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले सशस्त्र प्रहरीले अवैध रुपमा चोरी पैठारी भएको मल बराम गरेर भन्सार बुझाएको बताए ।
कुनै कागजात नभएकाले थप कार्बाही प्रकृया अघि बढ्ने उनले बताए । ट्रकका चालक र सहचालकले भने उक्त मल कसको हो भन्नेबारे नबताएको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए ।